जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ‘कार अफ द इयर- २०२२’ को फाइनलमा पुगेका सबै विद्युतीय कार, हुन्डाईको आयोनिक-५ को कुरै बेग्लै

‘कार अफ द इयर- २०२२’ को फाइनलमा पुगेका सबै विद्युतीय कार, हुन्डाईको आयोनिक-५ को कुरै बेग्लै

वर्ल्ड कार अवार्डका आयोजकले चाँडै नै तीनमध्ये एउटालाई ‘वर्ल्ड कार अफ द इयर-२०२२’ को उपाधि दिने छन्। डब्लुसीओटीवाई भनिने यो अवार्डमा यसपाली इतिहासमै पहिलो पटक तीनवटै फाइनलिस्टमा इलेक्ट्रिक कारहरू छन्।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मस्टाङ मार्च-ई, हुन्डाई आयोनिक-५ र किया इभी-६ परेका छन्। आयोजकले अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्नेछन्। उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहे तापनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू इभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ। ‘कार अफ द इयर’को अन्तिम प्रतिष्पर्धामा पुगेका तीनवटै गाडी इभी रहे पनि हुन्डाईको आयोनिक-५ बाहेक अन्य कार इलेक्ट्रिक कारको श्रेणीमा भने परेनन्। यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुण्डाई आयोनिक-५ ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै भएको कम्पनीले जनाएको छ।

यो वर्ष फाइनलमा कुनै पनि आईसीइ (इन्टरनल कम्बसन इन्जिन) कार नपर्नु अचम्म नै हो। सन् २०२१ मा फक्सवागन आइडी-४, होन्डा-ईसँगै टोयोटा यारिस फाइनलमा प्रतिस्पर्धा गरिरहेका थिए। त्यो समय फाइनलमा फक्सवागन आइडी-४ ले पुरस्कार जितेको थियो भने टोयोटा यारिसले कम्बसन कारहरूको प्रतिनिधित्व गरेको थियो।

तर यो वर्ष त्यस्तो नहुनुको अर्थ अबदेखि आईसीई कार कहिल्यै अवार्डको लागि प्रतिस्पर्धामा आउँदैन भन्ने होइन। तर यसले निश्चित रूपमा मानिसहरूले इन्जिन कारमा खोज्ने गुणहरू फेरिएको हो कि भन्ने जनाउँछ। अथवा अब इलेक्ट्रिक कारहरू पनि आईसीई कारहरूको दाँजोमा अब्बल भएका छन् भन्ने पनि बुझ्न सकिन्छ। 

३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने डब्लुसीए अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो। यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुले अन्य कार निर्माताहरू पनि नयाँ-नयाँ इभी बनाउन प्रेरित हुने विश्वास लिन सकिन्छ।

4145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका