जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

बैंकिङ कसुरमा वडा अध्यक्ष पक्राउ परेका छन् । बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ।

तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका