![युनाइटेड इन्स्योरेन्स कम्पनीले यो वर्ष शेयरधनीलाई लाभांश नदिने](http://aarthikbazarnews.com/wp-content/uploads/2022/04/unnamed-2022-04-04T185547.437-1024x432.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
युनाइटेड इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट १० प्रतिशत लाभांश दिएको थियो। यसपछि शेयरधनीले लाभांश पाएका छैनन्।