जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • व्यवस्थापक संघको अध्यक्षमा नबिल बैंकका उपेन्द्र पौडेलको उम्मेदवारी

व्यवस्थापक संघको अध्यक्षमा नबिल बैंकका उपेन्द्र पौडेलको उम्मेदवारी

नेपाल व्यवस्थापक संघ (म्यान) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले उम्मेदवार बन्ने भएका छन्। पौडेलले म्यानलाई लिडरशीप र व्यवस्थापनको ज्ञानका लागि रिफरेन्स सेन्टरका रुपमा विकास गर्ने मुख्य एजेण्डा अघि सारेका छन्। 

म्यानको संस्थागत विस्तारमा आफ्नो सम्पूर्ण ध्यानकेन्द्रित गर्ने पौडेलले दिएका छन्।

‘हामी सबै काठमाडौं बेस छौं। तर, अहिले म्यानेजमेन्ट कलेजहरु काठमाडौं उपत्यका बाहिर पनि खुल्ने क्रम तीव्र छ। त्यतातिर पनि म्यानलाई विस्तार गरेर च्याप्टर खोल्नेमा हाम्रो ध्यान हुनेछ। म्यानको विद्यमान संस्थागत संरचनालाई परिवर्तन गर्नुपर्ने भए गर्नुपर्छ भन्ने सोचिरहेका छौं। यी च्याप्टरहरुलाई सबल बनाउँदै अघि बढ्नुपर्छ,’ पौडेलले भने। 

म्यानलाई प्रदेश र जिल्लागत संरचनामा लैजाने एजेण्डा पनि आफूले उठान गर्ने बताएका छन्। त्यसरी च्याप्टरहरु स्थापना गर्दै स्थानीय व्यक्तिहरुलाई नै संचालनका लागि तयार गर्ने योजनामा पौडेल छन्।

आफ्नो एजेण्डामा आवश्यक छलफल र सम्भाव्यता अध्ययन गरेर अघि बढ्ने उनले बताए। त्यसैगरी, म्यानको आफ्नै प्रोपर्टी (कार्यालय प्रयोजन) नभएको बताउँदै पौडेलले आफ्नो प्राथमिकतामा यो विषय पनि रहेको बताए।

ज्ञान बाँड्न आफ्नो क्षमता, नेटवर्क र एक्सपोजर प्रयोग गरेर म्यानलाई थप परिस्कृत गर्ने योजना पनि पौडेलले अघि सारेका छन्। म्यानका पुराना नेतृत्वकर्ता र अन्य सरोकारवालाहरुको ज्ञानलाई संस्थागत हित र देशलाई आवश्यकता अनुसार उपयोग गर्ने गरी आफू अघि बढ्ने सोचमा रहेको पौडेलले बताएका छन्। 

सोल्टी होटलमा रेष्टुरेन्ट क्यासियरका रुपमा करियर सुरु गरेका पौडेलले त्यहाँ ६ वर्ष बिताएका थिए। सोल्टी होटल पछि पौडेल बैंकिङ क्षेत्रमा छिरेका थिए। 

सोल्टीबाट पौडेल स्ट्यान्डर्ड चार्टर्ड बैंक प्रवेश गरेका थिए। स्ट्यान्डर्ड चार्टर्डमा उनले १४ वर्ष बिताएका थिए। स्ट्यान्डर्ड छोडेर पौडेल एनएमबि बैंक प्रवेश गरेका थिए। त्यहाँ उनले आफ्नो करियरको १७ वर्ष बिताएका छन्। 

एनएमबि पछि उनी नबिल बैंकको संचालक बने। पौडेल विगत डेढ वर्षदेखि नबिलको संचालक समिति अध्यक्ष छन्। पौडेल विगत चार वर्षभन्दा बढीदेखि नबिलको संचालक समितिमा छन्

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका