जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अब विज्ञापन बोर्डमा सूचिकृत नभएका मिडियाले विज्ञापनको कारोबार गर्न नपाउने

अब विज्ञापन बोर्डमा सूचिकृत नभएका मिडियाले विज्ञापनको कारोबार गर्न नपाउने

सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचिकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए ।

बोर्डले शुक्रबार र शनिबार ९हिजो र आज० काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धि तालिम कार्यक्रममा बोल्दै उनले भने, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने, सञ्चार माध्यामहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यामहरु विज्ञापन बोर्डमा सूचिकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचिकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन ।’

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।

बोर्डका अध्यक्ष हुँमागाईले भने, ‘यो तालिममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापनको आचारसंहिता, विज्ञापनको क्रियटिभिटी, ब्राण्डिङ, रिसर्चलगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिईरहेका छौं । र, यो प्रशिक्षणबाट विज्ञापन व्यवसाय गर्ने व्यक्तिहरुको क्षमता विकास हुने, उनीहरुले आफ्नो कामलाई अझ बढि प्रभावकारी ढंगले संचालन गर्न सक्ने, विज्ञापन बजारलाई पारदर्शी बनाउन सकिने अपेक्षा राखेका छौं । र, यो तालिमबाट हामीलाई के सिकाई भएको छ भने सबभन्दा पहिलो कुरा विज्ञापन बजारको साईजको अनुसन्धान गर्नुपर्ने, दोस्रो चाँही सञ्चार माध्यामहरुको सर्कुलेशन एकीन गर्नुपर्ने । तेस्रो, विज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने । आगामी वर्ष विज्ञापन बोर्डको विज्ञापन बजारको अनुसन्धान गर्नेछ । र, यो बजारको साईजलाई एकीन गर्नेछ । यसलाई निकट भविष्यमै सार्वजनिक गर्नेछ ।

5970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?