जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् भन्नै लाजमर्दो भइसक्यो : गभर्नर

नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् भन्नै लाजमर्दो भइसक्यो : गभर्नर

नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् भन्ने विषय लाजमर्दो रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । प्रत्यक्ष विदेशी लगानी (एफडीआई)का सम्बन्धमा सहज नीतिगत व्यवस्था भएपनि नेपालीले विदेशमा लगानी गर्ने सम्बन्धमा अझै कानुन नबन्दा विश्वसामु लाजमर्दो भएको उनले बताए । 

‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ को ‘उत्पादन बढाउन विदेशी लगानीको अवसर’ विषयक सत्रमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी बञ्चित गरेको छ भनेर विश्वसामु भन्न लाज लाग्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘अब जतिसक्यो चाँडो यसलाई खुला गर्नुपर्छ ।’ के कस्ता क्षेत्रमा नेपालीले विदेशमा लगानी गर्न पाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न सकिने उनले बताए । अझै पनि नेपालीलाई विदेशमा लगानी पूर्ण रुपले रोक्का गर्नु राम्रो नभएको उनले बताए ।

यस्तै, सुशासन सहितको विदेशी लगानी मात्र राष्ट्रको हितमा हुने भएकाले सबै खालका विदेशी लगानीलाई स्वागत गर्न नसकिने उनले बताए । ‘खराब खालको पैसाले समाज बिगार्न सक्छ । त्यस्ता लगानी मात्र राष्ट्र बैंकले रोकेको छ,’ उनले भने, ‘नराम्रो खालको पैसाले अल्पकालमा केही विदेशी मुद्रा थपिएको देखिएपनि दीर्घकालमा राम्रो गर्दैन ।’ यसकारण विदेशी लगानी सम्बन्धमा राज्यको नीति स्पष्ट बनाउनुपर्ने उनले बताए ।

2945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?