जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नबिल बैंक आइजे ग्लोबल म्यागजिन शीर्ष २० बैंकहरूको सुचिमा सूचीकृत

नबिल बैंक आइजे ग्लोबल म्यागजिन शीर्ष २० बैंकहरूको सुचिमा सूचीकृत

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत भएको छ । IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । 

विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ Global तथ्यन्क  ले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ,  जुन G- SIB (Global Systemically Important Banks) शीर्ष २० औमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय  बजारमा पहुँच व्यावसायिक बैंकिङसेवा गर्दै आएको छ।  नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ । 

निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले  नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५०% माग पुर्ती गर्दै आएको छ। जलविद्युत क्षेत्रमा १,८०० मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्पूर्ण हिस्सा पनि हो ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका