जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ

सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको बताए ।

सरकारले आव २०७२/०७३ मा ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । आव २०७३/ ०७४ मा सरकारले १० करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । 

आव २०७४/०७५ मा आइपुग्दा सो रकम बढाएर सरकारले २ अर्ब ५० करोड रूपैयाँ पुर्याएको थियो । आव २०७५÷०७६ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रूपैयाँ । 

आव २०७६/०७७ मा ३ अर्ब ३७ करोड ३० लाख ७५ हजार रूपैयाँ, आव २०७७/०७८ मा ५ अर्ब १९ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन भएको तथ्यांक छ । यस्तै, चालु आव २०७८/०७९ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्दै सरकारले २०७२ चैत, २५ मा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । हालसम्म यस कार्यक्रमका लागि सरकारले २० अर्ब ५९ करोड ५५ लाख २३ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । 

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका