जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्टको एकिकृत कारोबार !!

हिमालयन एभरेष्टको एकिकृत कारोबार  !!

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर पछिको एकिकृत कारोबार साउन एक गतेदखि शुभारम्भ गर्ने सहमति भएको छ । दुबै कम्पनीले मर्जरको प्रस्ताव यहि असार २ गते विशेष साधारणसभा बोलाएका छन् ।

साधारणसभाले दुई कम्पनी विचको मर्जरको सहमतिलाई स्वीकृति सहित पारित गरे सँगै एकिकृत कारोबारको लागि बाटो खुला हुनेछ । दुबै कम्पनीका सञ्चालक तथा संस्थापक लगानीकर्ताहरु विच अधिकाम्स विषयमा सहमति जुटिसकेको छ ।

विशेष साधारणसभा तथा संझौतापत्रमा एक आपसमा गाभिने भनिए पनि हिमालयनले एभरेष्टका सम्पुर्ण दायित्वहरुलाई सकार्नेछ । यो भनेको हिमालयनले एभरेष्टलाई प्राप्ती गरे जतिकै हो । मर्जर पछि लाइसेन्स नम्बर, प्यान नम्बर, कम्पनी रजिस्ट्रार कार्यालयको नम्बर सबै हिमालयन कै कायम हुने । नाम ‘हिमालयन एभरेष्ट’ राखिए पनि सम्पत्ती तथा दायित्वहरु हिमालयन इन्स्योरेन्स अन्तर्गत नै हुने भएकाले यो प्राप्ति नै हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पछि गठन हुने संचालक समितिमा एभरेष्टको तर्फबाट चयन भइ आउने सञ्चालकहरुलाई पदस्थापन गर्नु पर्नेछ । यसरी बन्ने सञ्चालक समितिको कार्यकाल मर्जर पछिको पहिलो साधारणसभासम्म कायम रहन्छ । त्यस पछि नयाँ सञ्चालक समितिको निर्वाचन हुन्छ ।

दुई कम्पनीको स्वाप रेसियो एक बरारबर ०.८५ हुने सहमित भएको छ । मर्जर पछि हिमालयन इन्स्योरन्सका शेयरधनीहरुको शेयर पूँजी यथावत रहनेछ । भने एभरेष्टका शेयरधनीको शेयर संख्या १५ प्रतिशतले घट्ने छ ।

2655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका