जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंकहरुबीच असारमा पनि निक्षेपको ब्याज नबढाउने सहमति

बैंकहरुबीच असारमा पनि निक्षेपको ब्याज नबढाउने सहमति

वाणिज्य बैंकहरुले असार महिनाको लागि ब्याजको दर नबढाउने भएका छन्। विद्यमान परिस्थिति र आउँदो मौद्रिक नीतिमा हुन सक्ने सम्भावित नीतिगत परिवर्तनलाई मध्यनजर गरेर ब्याजको दरलाई यथावत राख्ने सहमति भएको नेपाल कमर्शियल बैंकहरुको सीईओहरुको संगठन नेपाल बैंकर्स संघले जनाएको छ। 

एनबिएका वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीकाअनुसार कमर्शियल बैंकहरुबीच असारको लागि ब्याजको दर नबढाउने सहमति भएको छ। 

संघको कार्य समितिको बैठकले ब्याजदर स्थिर राख्ने र जेठकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय गर्न सक्ने उनले बताए। बैंकर्स संघको बैठक भोलि बसदैछ।

कमर्शियल बैंकहरुले माघदेखि नै निक्षेपको ब्याज बढाएका छैनन्। कमर्शियल बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिने सहमति गरेका छन्। रेमिट्यान्स खातामाभने १२.०३ प्रतिशत ब्याजदर दिन पाइने सहमति छ। 

त्यस्तै विकास बैंकहरुबीच पनि असारमा ब्याज नबढाउने अनौपचारिक सहमति जुटेको छ। यद्दपी भोलि बस्ने विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, डीबीएन को कार्यसमितिको बैठकले यस बारे औपचारिक निर्णय लिने डीबीएन का अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेलले बिजपाटीलाई बताए। 

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका