![जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न](http://aarthikbazarnews.com/wp-content/uploads/2022/06/IMG-4c2e4096a234af6ef4fa3404716c0512-V-1536x1023-1-1024x682.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको छ ।
सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ ।
त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष एनएफआरएस (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जीआईसी नेपाल नामक एपीपी संचालनमा ल्याएको छ ।