जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • ४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक ४१.३९ अंकले बढेर  १९६२.७१ को बिन्दुमा  पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह भन्दा धेरै ६.५६ प्रतिशत बढेको छ भने विकास बैंक समुह ४.४३ प्रतिशत तथा फाइनान्स समुह ४.१४ प्रतिशतले बढेको छ ।

आज आंधीखोला लघुवित्त, र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हादिरोको शेयर मूल्य ९.४५ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १.९१ प्रतिशतले घटेको छ ।

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?