जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र समृद्धि सम्भव छः वरिष्ठ उपाध्यक्ष ढकाल

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र समृद्धि सम्भव छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरूपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताएका छन् । सोमबार चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा ढकाले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्त्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वान समेत गर्दछु ।’

उनले स्थानीय निकायका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

प्रतिस्पर्धा भयो भने स्थानीय निकायहरूले स्थानीयवासीहरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि सङ्कलन हुने उनको भनाई छ ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका