जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई ढकालको आग्रह

सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ।’

ढकालले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे। उनले भने, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोुस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ।’

ढकालले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको र त्यसको मारमा नेपाली पनि परेको धारणा राखे। लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाइ थियो । नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि ढकालले पेस गरे।

आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफूहरुले गैरआवासीय नेपालीसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेस गरे।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका