जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको नाफा साढे २१% बढ्यो

रिलायबल नेपाल लाइफको नाफा साढे २१% बढ्यो

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले २७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। जुन पोहोर असार मसान्तसम्म २२ करोड ५९ रुपैयाँमा सीमित थियो। यो २१.६५ प्रतिशतको वृद्धि हो। सोहि अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि २७.४२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले ३ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो।

 

सो अवधिमा इन्स्योरेन्सले कुल ३ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो। कम्पनिले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८५ प्रतिशलते बढाउन सफल भएको छ ।

इन्स्योरेन्सको बीमा शुल्क सँगै दाबी भुक्तानी पनि बढिरहेको छ। यसै क्रममा इन्स्योरेन्सले गत आर्थिक वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। हालसम्मको तथ्यांक अनुसार इन्स्योरेन्सले कुल १० हजार ३८ वटा दाबीबापत एक अर्ब १७ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

गत आर्थिक वर्ष इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दाबी शून्य छ। व्यवसायिक वृद्धिसँगै कम्पनीको अभिकर्ता कमिसन पनि ३४ प्रतिशतले बढेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्म ५७ करोड ६९ लाख रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेको छ।

नाफासँगै खर्चका आकार पनि बढेका छन्। कर्मचारीका लागि व्यवस्था गरिएको रकम ४९ लाख रुपैयाँ बढेर २ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा इन्स्योरेन्सको जीवनबीमा कोष ५९.४८ प्रतिशतले वृद्धि भएको छ। कोषमा ४ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको रिलायबल नेपाल लाइफको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले महाविपत्ति जगेडामा १० करोड ७३ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका