जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सर्जन विकको बीमालेख बीमा समिति पुग्यो

सर्जन विकको बीमालेख बीमा समिति पुग्यो

रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको बीमा गरिएको र उनको मृत्युपछि २ करोड ५० लाख दाबी भुक्तानी गरिएकोबारेको ‘पोलीसी डकेट’ बीमा समितिलाई बुझाएको छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले आज सोमबार समितिलाई ‘पोलीसी डकेट’ बुझाएको हुन् ।

सीवाईबीको रोहबरमा कम्पनीले बीमा समितिलाई ‘पोलीसी डकेट’ बुझाएको हो । यस अघि बीमा समितिले रिलायन्स लाइफलाई उक्त बीमालेखसंग सम्बन्धि बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण, दावी भुक्तानी सम्बन्धी दावी फारम, मृत्युदर्ता तथा नाता प्रमाणित लगायतका विवरण २४ घण्टा भित्र बुझाउन निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले ‘पोलीसी डकेट’ बुझाएको हो ।

कम्पनीबाट ‘पोलीसी डकेट’ आएसंगै अब बीमा समितिले यसबारे अनुसन्धान गर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । सीआईबिबाट आएको कागजात सहित अनुसन्धान गरिने दोषी पाईए कारवाही हुने उनले बताए।

रिलायन्स लाइफमा बीमा गरेका एक व्यक्तिलाई योजना बनाएर, बीमा गराएका एजेन्ट कै संलग्नतामा उनको हत्या गरेर २ करोड ५० लाख दाबी भुक्तानी लिएको खुलासा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गरेको थियो । रिलायन्स लाईफले पेश गरेको दाबी भुक्तानीको विवरण नेपाल पुनर्बीमा कम्पनीलाई शंका लागेपछि पुनर्बीमाले अनुसन्धानको लागि आग्रह गरेको थियो । अनुसन्धानपछि योजना बनाएर बिमितको हत्या गरि दाबी भुक्तानी लिएको खुलेको हो । अहिले बीमा समितिले सोहि बारेको सम्पूर्ण फाइल मगाएर अनुसन्धान थालेको हो ।

2340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका