जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको मुनाफा तीन अर्ब २१ करोड

सिद्धार्थ बैंकको मुनाफा तीन अर्ब २१ करोड

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा १२.७८ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ थियो । वितरण योग्य मुनाफा भने जम्मा २ अर्ब १० करोड रुपैयाँ छ । यस आधारमा बैंकको मुनाफाबाट लाभांश दिन सक्ने क्षमता १६ प्रतिशत मात्रै हुनेछ ।

बैंकले खुद व्याज आम्दानी २७ प्रतिशतले बढाएर ७ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेको छ । यहि अवधिमा बैंकले निक्षेप संकलन ५.८७ प्रतिशतले बढाएर एक खर्ब ९१ अर्ब रुपैयाँ संकलन गरेको छ भने कर्जा विस्तार १२.७८ प्रतिशतले बढाएर एक खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ । खराब कर्जा बढेर १.०३ प्रतिशत छ । मुनाफाबाट आधारम प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको छ । बैंकको सिडी रेसियो ८७.२१ प्रतिशत छ

 

3180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?