जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • २९ लघुवित्त मध्ये छिमेक लघुवित्त अर्बपति क्लबमा पछ्याउदैं फरवार्ड लघुवित्त

२९ लघुवित्त मध्ये छिमेक लघुवित्त अर्बपति क्लबमा पछ्याउदैं फरवार्ड लघुवित्त

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना हालसम्म सबै बैकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरको भएपनि अधिकांश लघुवित्तले हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने सकेको छैन ।

आर्थिक संकटका बीच अधिकांश बैंकका गत आर्थिक वर्षको चौथो त्रैमाससम्मका वित्तीय विवरण सुधार तिर लम्किएसँगै हालसम्म सार्वजनिक लघुवित्तको सूचकहरु पनि सुधार तिर नै गइरहेको पाइएको छ । हाल प्रकाशित २९ लघुवित्तहरु मध्ये २२ लघुवित्तको खुद नाफा सुधार तिर लम्किएको छ भने ८ लघुवित्तको खुद नाफा भने खस्किएको पाइएको छ । त्यस्तै हाल संचालनमा रहेका ६७ लघुवित्त मध्ये ५० प्रतिशतले मात्र आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दा अरु लघुवित्तहरुले भने राष्ट्र बैंकको निर्र्दशन पालना नगरेको पाइएको छ ।

कुन लघुवित्तको नाफा कस्तो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका ३० लघुवित्तहरुमा सबै भन्दा बढी खुद नाफा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कमाएको छ । लघुवित्तले सो अवधिसम्म आइपुग्दा खुद नाफा अर्बपति क्लबमा प्रवेश गराएको छ । हाल लघुवित्तको खुद नाफा १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । उक्त खुद नाफा आर्जन गर्दै छिमेक लघुवित्त सार्वधिक नाफा कमाउने लघुवित्तको रुपमा आफ्नो छाप छाडेको छ । खुद नाफा अर्बपति क्लबमा गएको भएपनि अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षको मुनाफामा भने घटि आएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासस्म्ममा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा नाफा २८ प्रतिशतले घटाएको देखिएको छ ।

त्यस्तै धेरै नाफा कमाउने अर्का तथा दोस्रो नम्बरमा फरवार्ड लघुवित्त वित्तीय संस्था रहेको छ । सो कम्पनीले आफ्नो खुद नाफा ६५.६५ प्रतिशतले बढेर ८४ करोड ५३ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, क्रमश जीवन विकास बैंकको १३.४० प्रतिशतले बढेर ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ, आरएमडिसी लघुवित्तको ९९.४८ प्रतिशतले बढेर ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको ८७.८२ प्रतिशतले बढेर २६ करोड ८८ लाख ८३ हजार रुपैयाँ, ग्लोबल आइएमइ लघुवित्तको १० प्रतिशतले बढेर २५ करोड ५ लाख २२ हजार रुपैयाँ र नेरुडे लघुवित्तको २७.७८ प्रतिशतले बढेर २३ करोड ३० लाख १ हजार रुपैयाँ आर्जन गरेको छ ।

हालसम्म सबै भन्दा कम मुनाफा कमाउने लघुवित्तमा गुरासँ लघुवित्त रहेको छ । लघुत्तिले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ४२.२३ प्रतिशतले घटेर १ करोड २७ लाख ४७ हजार रुपैयाँ मात्र कमाएको छ । त्यस्तै, दोस्रो नम्बरमा सबै भन्दा कम मुनाफ कमाउने कम्पनीमाा गणपति लघुवित्त रहेको छ । लघुवित्तले सो अवधिमा खुद नाफा ५४.७५ प्रतिशतले घटेर १ अर्ब ८६ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानी कस्को कति ?

हालसम्म प्रकाशित ३० लघुवित्त मध्य सबै भन्दा बढी प्रतिशेयर आम्दानी महिला लघुवित्त वित्तीय संस्था रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ ।दोस्रोमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी १०० रुपैयाँ ११ पैसा गरेको छ । यस्तै तेस्रमे नम्बरमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । लघुवित्तको सो अवधिमा प्रतिशेयर आम्दानी ८७ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै क्रमश जीवन विकास लघुवित्तको ७५ रुपैयाँ६० पैसा र सिवाईसी लघुवित्तको प्रतिशेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

2165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका