जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ब्रोकर नम्बर १३ लाई धितोपत्र बोर्डले गर्यो कारवाही

ब्रोकर नम्बर १३ लाई धितोपत्र बोर्डले गर्यो कारवाही

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ लाई कारवाही गरेको छ । बोर्डले थ्राइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई नगद जरिवाना गरेको हो ।

उक्त ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नलिई शाखा खोलेकोले बोर्डले कारवाही गरेको हो । बोर्डले कम्पनीलाई ५० हजार नगद जरिवाना गरेको छ । बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालनमा ल्याएको थियो।

उक्त कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालन गरिरहेको छ भन्ने उजुरी परेपछि बोर्डले अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा कम्पनीले बोर्ड नै राखेर डिम्याट खाता खोल्ने लगायतका विभिन्न कार्य गरिरहेको पाईएकोले कारवाही गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.५०,०००।– (पचास हजार रुपैयाँ मात्र) जरिवाना गरिएको बोर्डले जनाएको छ । बोर्डले भनेको छ ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।’

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका