जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिटिजन लाइफको सिटिजन लिडर्स नाइटमा उत्कृष्ट लिडर्सहरु सम्मानीत

सिटिजन लाइफको सिटिजन लिडर्स नाइटमा उत्कृष्ट लिडर्सहरु सम्मानीत

सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाचौँ संस्करण बिहीबारको होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ४८,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्नेहरुलाई सम्मान गरिएको हो ।

उक्त क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्नविधाद्वारा चुनिएकाउत्कृष्ट शाखाहरुलाई सम्मानित भएका छन  ।  कार्यक्रममा ३६० सक्रियसिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उस्थिती रहेको थियो  ।

कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक “झण्डा”को बिमोचन गरिएको थियो । कार्यक्रममा मुख्यअतिथिका रुपमा डा. भागवान कोइरालाको रहेका थिए  । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई  पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको बताए । उनले यस्ता कार्यक्रमले व्यवसायिकक्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।

कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति धन्वाद दिएका थिए । कम्पनीको ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’तथा बीमाको सचेतना बढाउन ‘जीवनबीमा जरुरी छ ।’

विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं जीवन बीमा योजना र व्यवसायिक तथा दक्षकर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थपउत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । कम्पनीका ब्राण्ड एम्बेस्डर द्घय मदन कृष्ण श्रेष्ठ र हरि वंशआचार्यले कम्पनीले आजको मिति सम्महसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरेका थिए ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका