जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहकले पोखराको गण्डकी मेडिकल कलेजमा १० प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकले पोखराको गण्डकी मेडिकल कलेजमा १० प्रतिशत छुट पाउने

प्रभु बैंक र पोखराको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले महानुभावहरुले गण्डकी मेडिकल कलेजले सञ्चालन गरिरहेको हस्पिटल सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा. डा. रविन्द्रप्रसाद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंकको डेबिट/क्रेडि कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुटको व्यवस्था रहेको बताइएको छ।

1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका