जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर बन्दिपुरमा

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर बन्दिपुरमा

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका–३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले उक्त एक्सटेन्सन काउन्टरको उदघाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा उुद्घाटन गरेका छन् ।

बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, । नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्नेछ।

 

 

2045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका