जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • गरिमा बैंकको खूद नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. ८.२२ करोडले ऋणात्मक

गरिमा बैंकको खूद नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. ८.२२ करोडले ऋणात्मक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको हो ।

अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ भने वितरणयोग्य मुनाफामा चाहिँ ८ करोड २२ लाखले ऋणात्मक बनेको छ ।

समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको यस्तो आम्दानी ५६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो ।

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा प्रभाव देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म रु. २०.०७ रहेको इपीएस घटेर यो वर्ष रु.१६.८४ मा सीमित बन्न पुगेको हो ।

अघिल्लो वर्ष १.०४ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.७१ प्रतिशत पुगेको छ भने रिजर्बको आकार १ अर्ब २८ करोडबाट बढेर १ अर्ब ४९ करोड पुगेको छ ।

समीक्षा अवधिमा गरिमा विकास बैंकले ६८ अर्ब ९६ करोड बढी निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ सामान्य मात्र बढोत्तरी भएको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको पीई रेसियो २२.७४ गुणा, प्रतिसेयर नेटवर्थ रु.१४७.१२, तरलता अनुपात २२.८८ प्रतिशत, पूँजीकोष अनुपात १३.२६ प्रतिशत कायम भएको छ

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका