जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० सम्मको नगद फिर्ता पाउने छन् ।

यस नगदफिर्ता योजना कार्तिक १५ गते मंगलबारबाट कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरुलाई आजै नगदफिर्ता योजनाको फाइदा लिन बैंकले अनुरोध गरेको छ । ग्राहकहरुलाई विद्युत्तीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

विद्युत्तीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजना ल्याएको छ ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका