जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको ३ महिनामा खुद नाफामा उलेख्य वृद्धि भएको छ। कम्पनीले जारी गरेको त्रैमासिक विवरणमा नाफा गतवर्षको भन्दा २४८९ प्रतिशले बढेको उल्लेख छ।

कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको खुद नाफा ७० लाख ३३ हजार रुपैयाँ छ।

सोही अवधिमा कम्पनीको बीमा शुल्क ९ अर्ब ९३ करोड रुपैयाँ छ। कम्पनीले ४ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। सोही अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

चालु आर्थिक वर्षको ३ महिनामा कम्पनीले व्यवस्थापन खर्चमा ३ करोड रुपैयाँ खर्चिएको छ। गतवर्षको भन्दा ४० प्रतिशतले व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको अभिकर्ता कमिसन रकम ८३ करोड रुपैयाँ छ। बीमालेख धितो राखेर कर्जाबाट ८३ करोड २१ लाख र लगानी कर्जा तथा अन्यबाट २ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ८.५६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३४.३९ रुपैयाँ छ।

 

 

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका