![नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने](http://aarthikbazarnews.com/wp-content/uploads/2022/11/ndr-chitwan-resort-pr.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टमा छुट दिने सम्झौता सम्पत्र भएको हो ।
उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।