जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ‘ब्याज फिर्ताको विवरण पेश गर्नु’

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ‘ब्याज फिर्ताको विवरण पेश गर्नु’

नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो ।

राष्ट्र बैंकले १५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको छ । गत आर्थिक वर्षको वाषिर्क वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिदा नै राष्ट्र बैंकले नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।

वाणिज्य बैंकहरुले मात्रै गत आर्थिक वर्षमा ऋणीसँगको सम्झौता विपरीत प्रिमियम बढाएर साढे ३ अर्ब भन्दा बढी ब्याज बैंकहरुले असुल गरेको केन्द्र्रीय बैंकले जनाएको थियो । उक्त रकम फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले गत आर्थिक वर्षका वित्तीय विवरणको प्रारम्भिक स्वीकृत तथा साधारणसभाको स्वीकृत प्रदान गर्दा उक्त ब्याज फिर्ता गर्न शर्त राखेर स्वीकृत गरेको हो ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका