जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • ऋण तिर्न नसक्नेको संख्या बढ्दै, १६ दिनमै एक हजार ऋणी कालोसूचीमा

ऋण तिर्न नसक्नेको संख्या बढ्दै, १६ दिनमै एक हजार ऋणी कालोसूचीमा

ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने ऋणीहरूको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । यसरी कालोसूचीमा पर्ने ऋणीहरूको संख्या बढेको हो ।

कर्जा सूचना केन्द्रका अनुसार यही मङ्सिर महिना १ गतेदेखि १६ गतेसम्मको १६ दिनको अवधिमा एक हजार ७३ जना ऋणी कालोसूचीमा परेका हुन् । यस महिनाको पहिलो दिन बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या ८३ रहेको छ । यस दिन काभ्रे रियल स्टेट एण्ड बिल्डिङ, अल मेसिनरी सप्लायर्स, अजित विशाल हार्डवेयर, रिफ्रेस फेसन कलेक्सन लगायत रहेका छन् ।

यस महिनाको १६ दिनको अवधिमा कालोसूचीमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।

यस महिनाको दोस्रो दिन अर्थात् मङ्सिर २ गते ७५ जना ऋणीहरू ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन् । जल भवानी कृषि तथा पशुपालन कम्पनी, आस्था सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ कम्पनी, अंशु किराना तथा जनरल कम्पनी, राम बुद्ध ट्रेडर्स प्रालीलगायत व्यक्ति तथा कम्पनी यस दिन कालोसूचीमा परेका छन् ।

त्यस्तै, मङ्सिर ६ गतेदेखि १७ गतेसम्मको अवधिमा लालुपाते मल्टीपर्पोज को-अपरेटिभ लिमिटेड, श्रेष्ठ मोटर्स पार्ट, हनुमान हार्डवेयर एण्ड मोबाइल सेन्टर, पाल्पा भैरव ग्रिल उद्योग, न्यू पशुपति इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिस, बागमती मल्टी बिजनेश प्राली, नारायण फ्रेस भेजिटेभल्स एण्ड फ्रुट्स सप्लायर्स, भेरी कर्णाली गोबरग्यास तथा कृषि यन्त्र विकास प्राली, एकता हस्तकला तथा चाँदी पसल, एभरेष्ट इन्टरनेशनल डिलक्स होटल कम्पनी लगायत व्यक्ति तथा कम्पनीहरु ऋण लिएको पैसा तिर्न नसकेर कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

यस अवधिमा स्मृति सेभिङ एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड पनि कालोसूचीमा परेको छ । जसका सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । यो सहकारी मङ्सिर १५ गते कालोसूचीमा परेको हो । यस्तै, यस अवधिमा चन्द्रसुर्य मल्टीपर्पोज इन्भेष्टमेन्ट प्राली पनि कालोसूचीमा परेको छ । यस संस्थाका सञ्चालक मान बहादुर थापा, रवीन्द्र कुमार ठकुरी, शारदा बिसी र शिशिर बिसी रहेका छन् ।

1595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका