जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको गत वर्षको खुद नाफा ६२ अर्ब

राष्ट्र बैंकको गत वर्षको खुद नाफा ६२ अर्ब

नेपाल राष्ट्र बैंकल आर्थिक वर्ष ७८/७९ मा करिब ६२ अर्ब खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १२ हजार खुद नाफा कमाएको हो।

आर्थिक वर्ष ७७/७८ मा राष्ट्र बैंकको खुद नाफा  ३० अर्ब ४७ करोड ५३ लाख मात्रै थियो । आर्थिक वर्ष ७८/७९ मा राष्ट्र बैंकको खुद नाफा १०३ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले वैदेशिक मुद्राबाट १८ अर्ब ७२ करोड ९२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १४ अर्ब ९५ करोड ब्याज आम्दानी गरेको छ ।एक वर्षमा राष्ट्र बैंकको सञ्चालन आम्दानी ३५ अर्ब ७६ करोड ९९ लाख २३ हजार गरेको छ। राष्ट्र बैंकको कुल ब्याज आम्दानी ३३ अर्ब ५२ करोड २४ लाख ७६ हजार रहेको छ। बैंकको कुल सञ्चालन खर्च ७ अर्ब ३४ करोड ९१ लाख ५५ हजार रहेको छ। तस्तै राष्ट्र बैंकले विदेशी मुद्राको पुनर्मूल्यांकन लाभ शिर्षकमा ३४ अर्ब ७८ करोड नाफा रहेको उल्लेख गरेको छ ।

महालेखा परिक्षकको कार्यालय नेपाल राष्ट्र बैंकको लेखापरिक्षण गरि गत कार्तिक ३० गते राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको हो ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका