जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका शाहले अमेरिकाबाट अवैधरुपमा ल्याएको ६८ करोड मध्ये सिद्धार्थ र प्रभु बैंकद्वारा पटक/पटक गरि ३८ करोड भुक्तानी ३० करोड राष्ट्र बैंकले गर्यो रोक्का पूर्व अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई बर्खास्त गरेको रहस्य खुल्यो, प्रभु र सिद्धार्थ बैंकका सीइओद्वयले खेलेको भूमिका आश्चर्यजनक ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका शाहले अमेरिकाबाट अवैधरुपमा ल्याएको ६८ करोड मध्ये सिद्धार्थ र प्रभु बैंकद्वारा पटक/पटक गरि ३८ करोड भुक्तानी ३० करोड राष्ट्र बैंकले गर्यो रोक्का पूर्व अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई बर्खास्त गरेको रहस्य खुल्यो, प्रभु र सिद्धार्थ बैंकका सीइओद्वयले खेलेको भूमिका आश्चर्यजनक ?

पृथ्वीबहादुर शाहले पटक÷पटक गरी अमेरिकाबाट अवैधरुपमा आएको ६८ करोड नेपालका दुई वाणिज्य बैंक प्रभु र सिद्धार्थ बैंकमा भित्र्याएको रहस्य खुलेको छ । ६८ करोड मध्ये प्रभु बैंक र सिद्धार्थ बैंकले पटक÷पटक गरी शाह र उनको ६ भाईको समूहलाई ३८ करोड भुक्तानी गरेको र ३० करोड भुक्तानी दिएको राष्ट्र बैंकले रोक्का गरेको आर्थिक बजारन्यूज डटकमलाई प्राप्त कागजपत्रबाटै देखिन्छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका साथ पाएका व्यापारी पृथ्वी बहादुर शाहले नेपालका दुई वाणिज्य बैंक प्रभू बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड प्रयोग गरेर अमेरिकाबाट लाख होइन करोड पनि होइन अर्ब भन्दा बढि कालो धन नेपाल भित्र्याएको खुलासा भएको छ । पूर्व अर्थमन्त्री शर्माकै मिलोमतोमा पृथ्वी बहादुर शाहले व्यापार, रेमिटेन्स र लगानीसंग सम्बन्धीत आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट अवैध रकम नेपाल भित्र्याउदै आएका थिए । उनीको मतियार प्रभू बैंक र सिद्धार्थ बैंक बन्दै आएका थिए भन्दा अब चाहि फरक पर्दैन । यि दुई बैंकले पटक÷पटक गरि शाहलाई ३८ करोड भन्दा बढि पैसा भुक्तानी गरेको हामीलाई प्राप्त कागजपत्रबाटै प्रस्टै देखिन्छ ।

अमेरिकाकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (सिन्सेन)ले शाहले नेपाल पु¥याएको ६८ करोड पैसाको स्रोत शंकास्पद भएको भन्दै राष्ट्र बैंकलाई पैसा रोक्का गरिदिन पत्राचार गरेको पत्र आर्थिक बजारन्यूज डटकमलाई प्राप्त भएको छ । त्यही पत्रका आधारमा राष्ट्र बैंकले नेपाल प्रहरीको सीआईबी र सम्पत्ती शुद्धिकरण अनुसन्धान आयोग लगायतलाई अनुसन्धान गर्न र पैसा तत्कालै रोक्का राख्न पत्राचार गरेको थियो । तर, यो विचमै प्रभु बैंकका सीइओ अशोक शेरचन र सिद्धार्थ बैंकका सीइओ सुन्दर प्रसाद कडेलले आधा भन्दा बढि कालो धन व्यापारी पृथ्वी बहादुर शाहका व्यक्ति र उनीको समूहका नाइकेहरुको खातामा जम्मा गरिदिएको प्रमाण आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागजपत्राटै प्रस्ट देखिन्छ । गर्भनर साब हेक्का होस् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक आदेश लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएको विवरण खुलासा भएको थियो । त्यसलगत्तै सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथी छानवीन समिति गठन गरेर गर्भनरलाई निलम्बन गरेको थियो भन्दा फरक पर्दैन । विवादास्पद कारोबारमा संलग्न शाहले पत्रकार सम्मेलन गरेर आफूले जायजरुपमा रकम ल्याउन खोजेको दाबी गरेको पनि थियो । पूर्व अर्थमन्त्री शर्माकै दबाबमा सिद्धार्थ बैंकका सीइओ सुन्दर प्रसाद कडेल र प्रभु बैंकका सीइओ अशोक शेरचनले कालोधन हो भन्ने थाहा हुँदा हुँदै पनि १ पटक होइन । पटक÷पटक लाख होइन करोडमा चेक क्लियरिङ गरि भुक्तानी पृथ्वी बहादुर शाहको समूह र उनीकै खातामा रकम भुक्तानी गरेको हामीलाई प्राप्त कागज–पत्रबाटै प्रस्ट देखिन्छ गर्भनर साब हेक्का होस् । अहिले पृथ्वी बहादुर शाह र उनीको समूहका केही सदस्य प्रहरीको कठघरामा छन् । उनीहरुमाथी छानवीन भइरहेको पनि होला तर, पटक÷पटक अवैध पैसा स्रोत नखुलेको पैसा दिने प्रभु बैंक र सिद्धार्थ बैंकका सीइओ माथी चाहि किन छानवीन हुँदैन । यो चाहि अब खोजीकै विषय बनेको छ । पैसा ल्याउने मात्रै दोषी हुँदैन । स्रोत नखुलेको पैसा पटक÷पटक भुक्तानी दिने बैंक प्रभु बैंक र सिद्धार्थ बैंकको नेतृत्वको पनि दोष हुन्छ । त्यसकारण यी दुई बैंकका सीइओ डिसीइओ र उच्च कर्मचारी माथी पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालै बयान लिनु पर्दछ कि पर्दैन गृहमन्त्रीज्यू हेक्का होस् ।

पूर्व अर्थमन्त्री शर्माले शाहको अवैध पैसा भुक्तानी रोक्न गर्भनर महाप्रसाद अधिकारीले निर्देशन दिए पछि गर्भनर अधिकारी बर्खास्तमा समेत परे । तर, पैसा पटक÷पटक प्रभु बैंकका सीप्ओ शेरचन र सिद्धार्थ बैंकका सीइओ कडेलले भुक्तानी शाहलाई दिएर गर्भनर अधिकारीलाई बर्खास्त गर्न भित्रीरुपमा भूमिका खेलेको अर्थमन्त्रालयका एक पूर्व सचिवले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पैसा ल्याउने पृथ्वी बहादुर शाह र उनीको समूहका केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मार्फत अमेरिकाबाट विवादास्पद व्यापारी शाहले ल्याएको कालोधन रोक्का गर्न पत्राचार गरेपछि पनि करोड भन्दा बढि रकम सिद्धार्थ बैंक र प्रभू बैंकले किन भुक्तानी ग¥यो यो खोजीको विषय बनेको छ । पूर्व अर्थमन्त्री शर्माले शाहको अवैध पैसा भुक्तानी रोक्न गर्भनर महाप्रसाद अधिकारीले निर्देशन दिए पछि गर्भनर अधिकारी बर्खास्तमा समेत परे । तर, पैसा पटक÷पटक प्रभु बैंकका सीप्ओ शेरचन र सिद्धार्थ बैंकका सीइओ कडेलले भुक्तानी शाहलाई दिएर गर्भनर अधिकारीलाई बर्खास्त गर्न भित्रीरुपमा भूमिका खेलेको अर्थमन्त्रालयका एक पूर्व सचिवले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पैसा ल्याउने पृथ्वी बहादुर शाह र उनीको समूहका केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । भने यी २ बैंक माथि किन अनुसन्धान गर्दैन । यो चाहि खाजीकै विषय बनेको छ ।
प्रभु बैंक र सिद्धार्थ बैंकमा यी कम्पनीबाट पटक÷पटक पैसा आएको आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागजपत्रबाटै प्रस्ट देखिन्छ । पृथ्वीबहादुर शाह र अरु केही व्यक्तिहरुले वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि., वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि., वल्र्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि., टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. स्थापना गरी अमेरिकाका विभिन्न ठाउँबाट रकम नेपाल आएको देखिन्छ । गर्भनर साब हेक्का होस् ।
प्राप्त विवरण अनुसार, फरक÷फरक नामबाट शाहले खोलेका कम्पनीले अमेरिकामा ‘मिसन होलिडे एलसीसी’ नामक कम्पनीसँग सम्झौता गरेको दाबी गरेका छन् । तर अमेरिकाबाट रकम पठाउनेमा उक्त कम्पनी नभई विभिन्न व्यक्तिहरुको नाम प्रभु बैंक र सिद्धार्थ बैंकमा पैसा आएको देखिन्छ ।

प्राप्त कागजात अनुसार, शाहको कम्पनी वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले ७ पुस २०७७ मा मिसन होलिडे एलसीसी नामक अमेरिकी कम्पनीसँग सम्झौता भएको देखाई ३५ हजार ९०० अमेरिकी डलर सिद्धार्थ बैंकबाट भित्र्याएको थियो । तर, रकम उक्त कम्पनीले नभई क्याथरिन ग्रिन भन्ने व्यक्तिबाट आएको कागजपत्रबाटै प्रस्ट देखिन्छ । तिनै व्यक्तिले भोलिपल्ट अर्थात ८ पुसमा थप २९ हजार ८०० अमेरिकी डलर नेपाल पठाएका थिए । ९ पुसमा वल्र्ड वाईड रेमिट प्रालीलाई अमेरिकाको भर्जिनियाबाट रोवर्ट लाइट नामक व्यक्तिले थप ८० हजार अमेरिकी डलर प्रभु बैंकमै आएको आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागपत्रबाटै देखिन्छ । यो कारोवारमा वल्र्ड फस्ट होलिडे प्रालि पनि जोडिन्छ । उक्त कम्पनीका सञ्चालक विजयविक्रम शाहले ६ पुस २०७७ मै ८० हजार अमेरिकी डलर नेपाल भित्र्याएका थिए । अमेरिकाको न्यू्योर्कबाट जुडी अनान सकरिनले त्यो पैसा नेपालको प्रभु र सिद्धार्थ बैंक आएको देखिन्छ । गर्भनर साब ।
यस्तै बिनोद सुन्दास सञ्चालक रहेको टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. नामक कम्पनीले ६ जेठ २०७८ मा अमेरिकाबाट ३ लाख ५० हजार अमेरिकी डलर भित्र्यायो । त्यसैगरी अर्का व्यक्ति लक्ष्मण रेग्मीको नाममासमेत प्रभु र सिद्धार्थ बैंकमै रकम आएको देखिन्छ । आधा दर्जन कम्पनीमध्ये एउटाको सञ्चालकमा विजयविक्रम शाह छन् भने अर्कोमा लक्ष्मण रेग्मीलाई कर्मचारी भनी चिनाइएको छ । कम्पनीको नाममा आएको रकमसमेत व्यक्तिहरुको खातामा प्रभु र सिद्धार्थ बैंकले जम्मा गरिदिएको भेटिएको छ ।

आर्थिक बजार न्यूज डटकमलाई प्राप्त कागजातले पनि त्यसको पुष्टि गर्छ । पक्राउ गरिएको पृथ्वीबहादुर शाहले अदालतमा गरेको दाबी अनुसार, उनका कम्पनीसँग अमेरिकाका विभिन्न कम्पनीले सम्झौता गरेका छन् । तर, नेपालका उनका सबैजसो कम्पनीसँग अमेरिकाको मिसन होलिडे एलसीसी बाहेकका कम्पनीसँग मात्रै सम्झौता भएको उनले राष्ट्र बैंकमा पेश गरेको विवरणबाट खुल्छ ।  शंस्कापद रुपमा करिब ३८ करोड रुपैया नेपाल भित्र्याएका पृथ्वीबहादुर शाहविरुद्ध थप प्रमाण जुटेपछि उनीमाथि एकैसाथ तीनवटा अभियोगमा अनुसन्धान अघि बढेको सीआईकीको दाबी छ ।

यि दुबै प्रभु र सिद्धार्थ बैंकको कारोवारको विवरण थाहा पाएपछि नेपाल राष्ट्र बैंकले व्यक्तिको खातासमेत रोक्का गरेको देखिन्छ । विभिन्न फाइल र विवरणहरुले पृथ्वीबहादुर शाहसँग जोडिएका कम्पनीमा अरु दुई फरक व्यक्तिलाई सञ्चालक भनी देखाइएको छ । तर, सबै कम्पनी शाह सेरोफेरोका व्यक्तिको रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । आर्थिक बजार न्यूज डटकमलाई प्राप्त कागजातले पनि त्यसको पुष्टि गर्छ । गर्भनर साब हेक्का होस् ।
पक्राउ गरिएको पृथ्वीबहादुर शाहले अदालतमा गरेको दाबी अनुसार, उनका कम्पनीसँग अमेरिकाका विभिन्न कम्पनीले सम्झौता गरेका छन् । तर, नेपालका उनका सबैजसो कम्पनीसँग अमेरिकाको मिसन होलिडे एलसीसी बाहेकका कम्पनीसँग मात्रै सम्झौता भएको उनले राष्ट्र बैंकमा पेश गरेको विवरणबाट खुल्छ । भन्दा फरक पर्दैन । शंस्कापद रुपमा करिब ३८ करोड रुपैया नेपाल भित्र्याएका पृथ्वीबहादुर शाहविरुद्ध थप प्रमाण जुटेपछि उनीमाथि एकैसाथ तीनवटा अभियोगमा अनुसन्धान अघि बढेको सीआईकीको दाबी छ । विदेशबाट धमाधम पैसा ल्याइरहेका अछामका पृथ्वीबहादुर शाहको २०७७ साल अन्तिम तिर नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ रोक्का ग¥यो । राष्ट्र बैंकले एकपछि अर्को खाता रोक्का राखेपछि उनी राष्ट्र बैंक विरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए । त्यो पैसा अझै प्रभु बैंक र सिद्धार्थ बैंकमा रोक्का देखिन्छ भन्दा फरक पर्दैन ।

चोलेन्द्रशम्सेर जबरा नेतृत्वको सर्वोच्च ढिलोचाँडो आफू अनुकुल हुने संकेत पाएका उनले राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको रकम फुकुवा हुनुपर्ने माग गरेका थिए त्यसबेला । २०७८ असारको अन्तिम सातादेखि साउनको दोस्रो साताको अवधिमा शाहले आफ्ना विभिन्न कम्पनीको खातामा रोक्का रकम फुकुवा हुनुपर्ने माग राखी ६ वटा मुद्दा हालेको देखिन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इच्छामा ती सबै मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेश भएपनि प्रारम्भिक रुपमा अन्तरिम आदेश हुने प्रकृतिका थिएनन् । सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाइएपछि जबराले अन्तरिम आदेशको तारतम्य मिलाउँदै गर्दा उनीविरुद्धको आन्दोलन चर्कियो र पृथ्वीबहादुरका मुद्दा अलपत्र परेको तथ्य हामी सामु छलङ्ग छन् । सर्वोच्चमा मुद्दा अलपत्र परेपछि उनले अर्थमन्त्री जनार्दन शर्माको सहयोग लिएको देखिन्छ । अर्थमन्त्रीले राष्ट्र बैंकलाई पत्र लेखेर रकम फुकुवा गराउन आग्रह गरेको सार्वजनिक भएपछि अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिचको द्धन्द्ध चरम अवस्थामा पुगेको माथिको तथ्यबाटै प्रस्ट हुन्छ । करिव ६८ करोड रुपैया शंकास्पद रुपमा नेपाल भित्र्याएका अछामका पृथ्वीबहादुर शाह र उनको समूह विरुद्ध तीनवटा आरोपमा एकसाथ अनुसन्धान अघि बढेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले दाबी गरे । ‘प्रहरीले ठगी र संगठित अपराध गरेको आरोपमा अनुसन्धान गरिरहेको थियो’ महानिर्देशक अधिकारीले भने, ‘हामीले निर्णय गरेर सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई तोकेका छौं नि ।

पृथ्वीबहादुर आवद्ध कम्पनीहरुमा आएको रकमको ठूलो हिस्सा कम्पनीको खाताबाट तत्काल विभिन्न व्यक्तिको नाममा भुक्तानी भएको छ । कतिपय ठूलो रकम विभिन्न सहकारी र फाइनान्स कम्पनीका नाममा जम्मा भएको छ । ‘दुई वर्षअघि हामीकहाँ आएको प्रारम्भिक प्रतिवेदन अनुसार करिव ३० लाख अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार करिव ३९ करोड रुपैयाँ) यसरी भित्र्याएको हिसाब निकालेको थियौं’ सम्पत्ति शुद्धीकरण विभागसम्वद्ध स्रोतले भन्यो, ‘अरु कम्पनीका छिटफुट रकम जोड्दा अहिलेको विनिमय दर अनुसार ६८ करोड रुपैयाँ शाहले नेपाल भित्र्याएको देखिन्छ ।

यता व्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) उत्तमराज सुवेदीले अमेरिकाबाट र त्यहाँका नागरिकले वारेशमार्फत ठगीको उजुरी दिएकाले त्यसकै आधारमा अनुसन्धान अघि बढेको दाबी गरे । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाई (एफआईयू), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायबाट समेत प्रमाण संकलन भइरहेकाले एकसाथ अनुसन्धान अघि बढेको उनीको दाबी छ । प्राप्त कागजपत्रबाटै देखिन्छ । पृथ्वीबहादुर आवद्ध कम्पनीहरुमा आएको रकमको ठूलो हिस्सा कम्पनीको खाताबाट तत्काल विभिन्न व्यक्तिको नाममा भुक्तानी भएको छ । कतिपय ठूलो रकम विभिन्न सहकारी र फाइनान्स कम्पनीका नाममा जम्मा भएको छ । ‘दुई वर्षअघि हामीकहाँ आएको प्रारम्भिक प्रतिवेदन अनुसार करिव ३० लाख अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार करिव ३९ करोड रुपैयाँ) यसरी भित्र्याएको हिसाब निकालेको थियौं’ सम्पत्ति शुद्धीकरण विभागसम्वद्ध स्रोतले भन्यो, ‘अरु कम्पनीका छिटफुट रकम जोड्दा अहिलेको विनिमय दर अनुसार ६८ करोड रुपैयाँ शाहले नेपाल भित्र्याएको देखिन्छ । पृथ्वीबहादुर र उनी आवद्ध कम्पनीहरुमा विदेशबाट आएका रकम तत्कालै विभिन्न कम्पनी र व्यक्तिका नाममा भुक्तानी भएको भेटिएको छ । उनी सञ्चालक रहेको वर्ल्ड एट वर्क कन्सल्टेन्स प्रालिको नाममा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ५७ लाख ४८ हजार रुपैयाँ आयो । पर्यटकको शुल्क भनेर आएको त्यो रकम अन्यत्र होइन, पृथ्वीका भाइ विजयविक्रम शाहका नाममा प्रभु बैंकबाट भुक्तानी भएको देखिन्छ ।

भोलिपल्ट थप १ करोड १५ लाख रुपैयाँ भित्रियो । त्यो रकम पृथ्वी संलग्न अर्को कम्पनी, उनका भाइ, रुकमाङगद् काफ्ले र देवेन्द्र ढुंगानाका नाममा सो बैंकबाटै भुक्तानी भएको देखिन्छ । अर्को कम्पनीको कारोबार पनि उस्तै शंकास्पद थियो । वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रालिको सिद्धार्थ बैंकको खातामा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ६९ लाख ५० हजार ६२२ रुपैयाँ आयो । लगत्तै त्यो रकम गहना पसल र अरु विभिन्न व्यक्तिका नाममा सिद्धार्थ बैंकबाट भुक्तानी भएको देखिन्छ । गर्भनर साब यी प्रभु र सिद्धार्थ बैंकलाई कालो धन मात्रै भुक्तानी गर्न अनुमति कसले दियो यी बैंक माथी छानवीन किन नगर्ने ? यति मात्रै होइन अमेरिकी नागरिक स्टेफेन फार्मरले आफूलाई ठगेर पृथ्वीबहादुर र उनको टोलीले नेपाल भित्र्याएको भन्दै सर्वोच्च अदालतमा कानूनी उपचार अघि बढाएका छन् भने प्रहरीमा समेत जाहेरी दिएको भेटिएको छ । तर, पूर्व अर्थमन्त्री जसले तोक नै लगाएर भुक्तानी दिन राष्ट्र बैंकलाई पत्र पठाए अर्का दुई बैंक प्रभु र सिद्धार्थ बैंक जसले कालोधन हो भन्दा भन्दै पटक÷पटक भुक्तानी दिए उनीहरु माथी सीआईबीले किन बयान नलिने ? यसको सर्वत्र चर्चा र चासो बढेको छ । गृहमन्त्रीज्यू ? पूर्व अर्थमन्त्री जनार्दन शर्मा, दुई वटा प्रभु बैंक र सिद्धार्थ बैंक प्रयोग गरे र पृथ्वी बहादुर शाहले नेपालमा कालोधन भित्र्याएको पुष्टी भएको छ । राष्ट्र बैंकका गर्भनर अधिकारीले उक्त कालोधन रोक्का गर्न निर्देशन दिएसंगै बर्खास्तमा परेका थिए । तर, सर्वोच्च अदालतले काममा जाने बाटो खोलिदिएको थियो । यो बीचमा नेपालको अर्थतन्त्र झण्डै श्रीलंकाको जस्तै बनेको थियो । यी सबै माथी छानवीन अब हुनु पर्दछ । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

6570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका