जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन राष्ट्र बैंक प्रतिबद्ध: गभर्नर अधिकारी

आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन राष्ट्र बैंक प्रतिबद्ध: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताए ।

गभर्नर अधिकारीले व्यवसायीलाई बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति व्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङलगायत विषयमा जानकारी लिएका थिए । त्यसक्रममा उनले सुनको आयात, बिक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता विषयलाई आपसी छलफल र सर–सल्लाहका आधारमा सम्बन्धित निकायबाट नै निराकरण गर्न सकिने सुझाव दिए ।

सो अवसरमा व्यवसायीले बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने व्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरुप बदल्नु पर्ने, पान नम्बरका आधारमा सुन वितरण गर्ने व्यवस्था गरिनुपर्ने, नाकाबाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खाताबाट जुनसुकै बैंकको सुन खरिद तथा भुक्तानीको व्यवस्था मिलाइनुपर्ने लगायत माग राखेका थिए ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका