जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • फागुन १४ बाट सेयर कारोबार रोकिदिन नेप्सेमा सिभिल बैंकको पत्राचार

फागुन १४ बाट सेयर कारोबार रोकिदिन नेप्सेमा सिभिल बैंकको पत्राचार

सिभिल बैंकले एकीकृत कारोबार प्रयोजनार्थ सेयर कारोबार रोकिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गरेको छ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।

एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेबाट सेयर कारोबार रोक्का गरिदिन सिभिल बैंकले नेप्सेलाई आग्रह गरेको हो।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका