जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • लागु भयो ब्रोकरको शाखा खोल्ने निर्देशिका

लागु भयो ब्रोकरको शाखा खोल्ने निर्देशिका

सेयर बजार कारोबार बढाउन धितोपत्र दलाल व्यवसायी शाखा कार्यालय खोल्न दिने प्रावधानसहितको निर्देशिका २०७९ लागु भएको छ।

ब्रोकरहरुको शाखा खोल्ने प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले निर्देशिका कार्यान्वयनमा ल्याएको हो। गत बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशिकाअनुसार ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रति शाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नु पर्नेछ।

शाखा कार्यालय खोल्न चाहने ब्रोकरहरुको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ। मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाइने, सरकारले तोकेका दुर्गम जिल्लामा थप शाखा खोल्न दिइने र काठमाडौंबाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकामा शाखा खोल्न दिइने प्रावधान निर्देशिकामा उल्लेख छ।

बोर्डका अनुसार ब्रोकरहरुको व्यवसायमा देखिने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय संचालन गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएको छ।

सोही अनुसार बोर्डले ब्रोकरहरुको शाखा खोल्ने सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको हो। साथै निर्देशिका लागु हुनुअघि शाखा कार्यालय खोल्न निवेदन दिइ पूर्वाधार तयार गर्न बोर्डबाट सूचना नगरिएका ब्रोकरहरुको शाखा कार्यालय खोल्न यो निर्देशिका बमोजिम पुनः निवेदन दिनु पर्नेछ।

तर, पूर्वाधार तयार गर्न बोर्डबाट सूचना गरिएका ब्रोकर कम्पनीहरुले पूर्वाधार तयार गरि बोर्डलाई जानकारी दिएको अवस्थामा स्वीकृति लिइ शाखा संचालन गर्न पाउनेछन्।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका