जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङले मारे बाजी

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङले मारे बाजी

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जना सर्ट लिष्टमा परेका थिए । ५ जनाबाट उनी सीईओ बनेका हुन् । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तरवार्ता भएको थियो । अन्र्तवार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए भने म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ ।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?