जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा टौखेलमा सोलार बस स्टयान्डको उद्घाटन

एभरेष्ट बैंकद्वारा टौखेलमा सोलार बस स्टयान्डको उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले टौखेलमा सोलार बस स्टयान्डको उद्घाटन गरेको छ । शुक्रबार बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडा संगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

सो सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् ।

सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख  पुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक श्री प्रितम कमचार्य लगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले नवनिर्मित सोलार बस स्टयान्डले ललितपुर महानगरपालिका वडा नं. ३ टौखलका स्थानिय बासन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरे ।

1540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका