जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अर्थमन्त्री विष्णु पौडेलसहित ८ मन्त्रीले बुझाए राजीनामा

अर्थमन्त्री विष्णु पौडेलसहित ८ मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामुहिक राजीनामा बुझाएका छन् ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेबाट ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता रहेको थियो ।

राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन् ।

पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ । गएको पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रश्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका