जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एससीटी र हिमालयन बैंकबीच मोबाइल बैंकिङ एप एचआई-एमबीमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

एससीटी र हिमालयन बैंकबीच मोबाइल बैंकिङ एप एचआई-एमबीमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई–एमबी प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरुमार्फत वस्तु तथा सेवाका भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिनेछ।

यसैगरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

यस सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। यसका साथै एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने छन्।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका