जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोशी प्रदेशमा गर्‍यो एक्सटेन्सन काउन्टर विस्तार

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोशी प्रदेशमा गर्‍यो एक्सटेन्सन काउन्टर विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।मोरङको बेलबारी-९ डाँगीहाटमा बैंकले शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्तरूपमा एक्सटेन्सन काउन्टरको उद्‍घाटन गरेका छन्। उद्‍घाटन गर्दै मेयर राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए।

कार्यक्रममा बेलबारी नगरपालिका-९ का वडाध्यक्ष शालिग्राम बस्नेतको पनि उपस्थिति थियो।

हाल बैंकको २९६ शाखा कार्यालय र ५१ वटा एक्सटेन्सन काउन्टर पुगेको छ।

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका