जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताए । उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उनको भनाई थियो ।

मधेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव छन् । उनी बाराका हुन् । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

जसपाबाट बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने । स्रोतका अनुसार उपराष्ट्रपति र बारा २ क्षेत्र जसपालाई छाड्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने ‘गोप्य सहमति’ भएको चर्चा छ ।

तर, कांग्रेस नेता खाणले आज मधेसकै राजधानी जनकपुरधाम आएर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । उनले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

मधेसमा कांग्रेस दोस्रो ठूलो दल पनि हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । कांग्रेस अहले मधेश सरकारमा सहभागी छैन ।

स्रोतका अनुसार जसपा र कांग्रेस नेतृत्व तहमा भएको सहमतिअनुसार अहिले नेतृत्व परिवर्तन गर्दा बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई असर पर्न सक्छ । त्यसैले उपनिर्वाचनपछि जसपाले मुख्यमन्त्री सरोज कुमार यादवलाई फिर्ता बोलाएर मधेसको नेतृत्व कांग्रेसलाई सुम्पिने स्रोतको दाबी छ ।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका