जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नु पर्छ, २ प्रतिशत नाफा नपाए गुनासो गर्नुहोस् : अध्यक्ष सिलवाल

कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नु पर्छ, २ प्रतिशत नाफा नपाए गुनासो गर्नुहोस् : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कर्मचारीहरुले चेन अफ कमाण्डमा बस्नु पर्ने बताएका छन् । बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशन उद्घाटन कर्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । कुनै कम्पनीले नाफाको २ प्रतिशत कर्मचारीलाई वितरण नगरेको भए प्राधिकरणलाई जानकारी गराउन उनले आग्रह गरे ।

‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ, अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुपर्यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुपर्छ,’ उनले भने, ‘कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुपर्छ, कम्पनीले मुनाफाको २ प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुपर्ने व्यवस्था छ, यदि २ प्रतिशत नाफा नपाएका कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुहोस् ।’

बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने उनको भनाइ छ । प्राधिकरणको पटक–पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार भएको बताउँदै उनले गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी भएको बताए ।

बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए । बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा आएको उनले स्पष्ट पारे ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा प्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी)ले संस्थालाई सफलरुपमा अघिबढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताइन् ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?