जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • क्षेत्रको उद्धेश्य नाफा कमाउनु मात्र होइन’- चन्द्र ढकाल

क्षेत्रको उद्धेश्य नाफा कमाउनु मात्र होइन’- चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको उद्धेश्य नाफा कमाउनु मात्र नरहेको बताएका छन् । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको २८औं साधारणसभामा ढकालले यस्तो बताएका हुन् ।

निजि क्षेत्रको उद्देश्य नाफा मात्र कमाउने हो यसको कुनै जिम्मेवारी छैन भन्ने सर्वसाधारणको सोच गलत भएको बताएका उनले व्यवसायीले नै ८० प्रतिशत रोजगारी दिएको स्मरण गराएका थिए ।

साथै, व्यवसायीका लागि अहिलेको अवस्था एकदमै चूनौतिपूर्ण रहेको र त्यसका लागि सरकार र निजि क्षेत्रबीच समन्व हुन जरुरी रहेको बताए । उनले भने ,‘व्यवसायीहरूको अवस्था एकदमै चुनौतीपूर्ण छ । सरकार र निजी क्षेत्रको सहजीकरण कसरी गर्ने र साझेदारीको रुपमा कसरी अगाडि बढाउने भन्ने कुरा छ । निजी क्षेत्र भनेको नाफा मात्र कमाउने मात्र हो यिनीहरूको अरु कुनै जिम्मेवारी छैन भन्ने छ । तर त्यस्तो होइन निजी क्षेत्र भनेको ८० प्रतिशत भन्दा बढी रोजगारी दिने क्षेत्र हो ।’

उनले निजि क्षेत्र र वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा सकरात्मक भूमिका खेलेको समेत बताएका थिए ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका