जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर र्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई Semi Auto Biochemistry Analyzer Machine हस्तान्तरण गरिएको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्नवर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धीप्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको थियो ।

निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पुर्णिमा शाहीलाई यस बैंकका लुम्बिनी प्रदेश ”ख” का प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।उक्त कार्यक्रममा अध्यक्ष पुर्णिमा शाहिले आगामिदिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादकपद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रणतथा चेक जाँचगर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको थियो ।

जिल्लाप्रहरी परिसर, टेकुकाप्रहरी बरिष्ठ उपरिक्षक धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिष बहादुर धमला र ठमेल शाखाका शाखाप्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

बैंकको विरगंजशाखाद्वारा विरगंजमहानगरपालिकावडा नं १४ मा अवस्थित सिद्घार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । बालविकास ECD देखि १२ कक्षा सम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले ECD देखि ५ कक्षा सम्मका विद्याथीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो । श्री सिद्घार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिवशंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिपचन्द्र पोखरेल र विरगंजशाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरणगरेका छन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुराकम्पनीले जनाएको छ ।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका