जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्राइम लाइफको नयाँ बोनस दर जारी, बीमितले न्यूनतम ३५ देखि ९० रुपैयाँ पाउने

प्राइम लाइफको नयाँ बोनस दर जारी, बीमितले न्यूनतम ३५ देखि ९० रुपैयाँ पाउने

मर्जरको तयारी गरिरहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को लागि नयाँ बोनस दर निर्धारण गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वित्तीय लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट वैशाख २४ गते स्वीकृत भएपछि कम्पनीले नयाँ बोनस दर जारी गरेको हो।

कम्पनीको नयाँ बोनसदरमा बीमितले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँ पाउने छन्। सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्ष देखि १९ वर्षसम्मको लगि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ भन्दा माथिको अवधिलाई ७२ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्षसम्मका लागि ३६ रुपैयाँ, १०-१४ वर्षका लागि, ४५ रुपैयाँ, १५-१९ वर्षका लागि ५० रुपैयाँ, २०-२४ वर्षसम्मका लागि ५७ रुपैयाँ र २५ र सोभन्दा माथिको अवधिका लागि बोनस दर ७५ रुपैयाँ छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १०-१४ वर्ष अवधिका लागि ६० रुपैयाँ, १५-१९ वर्षका लागि ६८ रुपैयाँ, २०-२४ वर्षसम्मका लागि ७५ रुपैयाँ र २५ वर्षभन्दा माथिको अवधिका लागि ९० रुपैयाँ बोनस कायम गरेको छ।

प्राइम जीवन उपहार योजनाको अग्रिम भुक्तानीमा १६ वर्षको अवधिलाई ५२ रुपैयाँ र प्राइम जीवन उपहार सावधिकमा १५ वर्षको अवधिलाई ४० रुपैयाँ बोनस तोकेको छ।

कम्पनीको अर्को बीमांकीय मूल्यांकन प्राधिकरणबाट स्वीकृत नभएसम्मका लागि आर्थिक वर्ष २०७८/७९ कै बोनस दर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी ,चुक्ता मूल्य दाबी भुक्तानी र चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका