जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु बैंकको १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयरको बिक्री खुलाएको हो।

संस्थापक सेयरधनीहरुले आफ्नो नामको सेयर बेच्न निवेदन दिएपछि बैंकले प्रक्रिया अघि बढाएको हो। बैंकले बुधबारदेखि कुल १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको प्रथामिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्छ। त्यसैले सेयर खरिदमा इच्छुक विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।

उक्त अवधिमा संस्थापकहरुबाट पर्याप्त आवेदन नपरे बैंकले सेयर बाहिरका व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरेको छ।

यसैगरी प्रभु बैंकले यसअघि नबिकेको संस्थापक सेयरलाई पुन: बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँचजना विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि पनि हुने गरी बिक्रीमा राखेको हो।

बैंकले ती संस्थापकहरुको नाममा भएको कुल ४ लाख ९२ हजार ३८७ कित्ता संस्थापक सेयर बिक्रीमा छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिँदै पटक पटक ३५ दिने सूचना जारी गरे पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपर्दा सो सेयर संस्थापकसहित अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुलाइएको बैंकले जनाएको छ। आवेदन १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने छ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका