जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मिलेमतोमा इन्टरनेटको मूल्य नबढाउन सेवा प्रदायकहरुलाई दूरसंचार प्राधिकरणको निर्देशन

मिलेमतोमा इन्टरनेटको मूल्य नबढाउन सेवा प्रदायकहरुलाई दूरसंचार प्राधिकरणको निर्देशन

इन्टरनेट सेवा प्रदायकहरुले मिलेमतोमा इन्टरनेट सेवाको शुल्क बढाउन गरेको भद्र सहमति प्रति नियामक नेपाल दूरसंचार प्राधिकरणले आपत्ति जनाउँदै कारवाहीको चेतावनी दिएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सहमतिमा इन्टरनेटको शुल्क बढाउने काम दूरसंचार ऐन र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनविपरीत हुने भन्दै त्यस्तो काम नगर्न निर्देशन दिएको छ।

इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महसुलदर अनिवार्यरुपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्रै लिन पाइने भन्दै प्राधिकरणले विना स्वीकृति कुनै पनि शुल्क नउठाउन चेतावनी दिएको छ।

‘दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्था बमोजिम प्राधिकरणबाट दूरसंचार सेवाको शुल्क/महसुल दर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धा समेतलाई मध्य नजर गरिँदै आएको छ। उक्त व्यवस्था अनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवा प्रदायकले स्वीकृत शुल्क/महशुलदर भन्दा बढी लिने गरी अनुमति प्रदान गरिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क/महशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना वा निर्देशन जारी गरेको छैन।’

केही समययता कटथ्रोट प्रतिस्पर्धा भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु संगठित भएरै इन्टरनेटको मूल्य बढाउने तयारीमा छन्।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?