जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकबाट सिन्धुलीको सरस्वती माध्यमिक विद्यालयलाई साढे १ लाख सहयोग

एभरेष्ट बैंकबाट सिन्धुलीको सरस्वती माध्यमिक विद्यालयलाई साढे १ लाख सहयोग

एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय डकाहालाई खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।
यस सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ।
साथै विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए।
सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति थियो।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका