जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • गैरकानूनी सम्पत्ति आर्जन गर्ने एक जनाविरुद्ध मुद्दा दायर

गैरकानूनी सम्पत्ति आर्जन गर्ने एक जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमदविरुद्ध मुद्दा दायर गरिएको हो ।

कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमदले गैरकानूनी कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको छ । अहमदले सरकारी सेवा प्रवेश गरेको २०४८ साल माघ १५ गतेदेखि २०७८ असोज ३० गतेसम्मको समग्र आय तथा व्ययको बिश्लेषण गर्दा उनको वैध आयतर्फ एक करोड सोह्र लाख त्रिपन्न हजार नौ सय सन्ताउन्न रूपैंया एघार पैसा देखिएको छ ।

वैध आयको अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, बैंक मौज्दातसमेत गरी दुई करोड बहत्तर लाख तेत्तीस हजार छ सय बाउन्न रूपैंया उनान्सत्तरी पैसा खर्च तथा लगानी भएको देखिन्छ ।  आयबाट उनको ब्यय घटाउँदा हुन आउने एक करोड पचपन्न लाख उनासी हजार छ सय पन्चानब्बे रुपैयाँ अन्ठाउन्न पैसा बराबरको खर्च तथा लगानीको बैधानिक स्रोत नखुलेको हो ।

उनको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकोले बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको जीवन यापन गरेको प्रमाणित हुन आएको अख्तियारले जनाएको छ । अहमदलाई बिगो एक करोड पच्पन्न लाख उनासी हजार छ सय पन्चान्नब्बे रूपैयाँ अठाउन्न पैसा कायम गरी विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका