जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एमडीआरटी ग्लोबल कन्फ्रेन्सका लागि सिंगापुर जाँदै सानिमा रिलायन्स लाइफका ६ अभिकर्ता

एमडीआरटी ग्लोबल कन्फ्रेन्सका लागि सिंगापुर जाँदै सानिमा रिलायन्स लाइफका ६ अभिकर्ता

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका ६ जना अभिकर्ता एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ का लागि सिंगापुर प्रस्थान गर्ने भएका छन्।

सन् २०२३ अगस्ट २७ देखि ३० सम्म सिंगापुरमा हुन लागेको ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३’मा सहभागी हुन सानिमा रिलायन्स लाइफबाट ६ जना अभिकर्ता क्वालिफाइड भएका हुन्। कम्पनीले आज ती अभिकर्तालाई सम्मानस्वरुप बिदाइ गरेको छ।

कम्पनीका अनुसार एमडीआरटी कन्फ्रेन्समा सहभागी हुन क्वालिफाइड हुनेमा चितवनबाट कल्पना बिष्ट, भावना तिमल्सिना, विराटनगरबाट नमिता न्यौपाने, पोखराबाट हिमाली गुरुङ, श्याम गुरुङ र काठमाण्डौबाट दिव्या खनाल छन्। क्वालिफाइड भएका ती अभिकर्ता भोलि सिंगापुर प्रस्थान गर्ने कम्पनीले जनाएको छ।

सन् २०२३ का लागि कम्पनीले दिएको टार्गेट पूरा गरी सानिमा रिलायन्स लाइफबाट ६ जना अभिकर्ता एमडीआरटी ग्लोबल कन्फ्रेन्सका लागि योग्य भएका हुन्।

सन् १९२७ मा स्थापना भएको एमडीआरटी (मिलियन डलर राउन्ट टेबल)को मुख्य कार्यालय अमेरिकामा रहेको छ। एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायिक अभिकर्ताको प्रतिनिधिमूलक संस्थाका रुपमा लिइन्छ। संस्थामा ७२ भन्दा बढी देशका ५०० ओभर कम्पनी आबद्ध छन्।

कम्पनीले दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताले उक्त सम्मेलनमा सहभागिता जनाउन पाउने व्यवस्था रहेको छ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका