जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना- मोबाइल मनि, कार्ड प्रयोग गर्दा विशेष अफर

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना- मोबाइल मनि, कार्ड प्रयोग गर्दा विशेष अफर

उत्साह र उमङ्ग सहित मनाइने महान चाड दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दसैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान-पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश: २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा बढीमा १ हजार रुपैयाँ सम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रतिव्यक्ति २०% वा बढीमा २०० रुपैयाँ सम्म क्यासब्याक पाउन सकिनेछ। यसै अफर अन्तर्गत के एफ सी को तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट / क्रेडिट कार्ड वा मोबाइल मनिमार्फत भुक्तानी गर्दा २५% वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।

लक्ष्मी सनराइज बैंकका सेवाग्राहीका लागि यो ‘दसैं आयो’ योजना दसैंका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दसैंलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो । अफरहरु बारे विस्तृत जानकारीका लागि फेसबूक र इन्स्टाग्राम लागायतका सोसल मिडिया फलो गरी अपडेटेड रहन बैंकले आग्रह गरेको छ ।

लक्ष्मी सनराइज बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’ वर्ग बैंक हो । साविक लक्ष्मी बैंक र सनराइज बैंक गाभिई २०८० असार २९ गतेदेखि ‘लक्ष्मी सनराइज बैंक’को रूपमा एकीकृत कारोबार सुरू गरेको हो । केन्द्रीय कार्यलय हात्तीसार, काठमाडौंमा रहेको बैंकको देशभरी ५९ जिल्लामा रहेका २८४‌ वटा शाखाहरु तथा विभिन्न सञ्जालहरूमार्फत ग्राहकलाई बचत, कर्जा, रेमिट्यान्स जस्ता बैंकिङ्ग सुविधाहरू उपलब्ध गराइरहेको छ । बजारको हरेक क्षेत्र (खुद्रा, मध्य-बजार, कर्पोरेट, पूर्वाधार र ट्रेजरी) को मुख्य भूमिकामा स्थापित हुन सफल भएको बैंकले व्यवसायिक सुशासनको संस्कृति, जोखिम व्यवस्थापन प्रणाली र बलियो प्रविधिमा आधारित रहेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका