जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सही सुचना प्रवाह गर्न धितोपत्र बोर्डका अध्यक्ष हमालको आग्रह

सही सुचना प्रवाह गर्न धितोपत्र बोर्डका अध्यक्ष हमालको आग्रह

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सुचनाको सही प्रयोग गर्न आग्रह गरेका छन् । नेपाली अर्थतन्त्रमा गलत सुचना छिटो प्रवाह हुने भन्दै देशको आर्थिक सामाजिक रुपान्तरणका लागि सुचनाको सही जानकारी लिई सम्प्रेषण गर्न आग्रह गरे ।

सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिर्घकालिन विकासका लागि महिला आर्थिक पत्रकारको उल्लेख्य भूमिका हुने समेत बताए । यसका लागि समाचार सम्प्रेष्ण गर्दा सही सुचनाको प्रयोग गर्नुपर्ने उनको जोड थियो । पुरुषको तुलनामा महिलाहरुको ‘मोनिटरिङ्ग’, ‘ब्यालेन्सिङ्ग’ र ‘म्याचुरिटी’ व्यवहार हुने हुँदा महिलाहरुले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रमाथि समय समयमा प्रहार भइरहेको भन्दै त्यसलाई सही सुचनाले मात्रै रोक्न सक्ने बताए । अध्यक्ष केसीले आफूहरु जहिले पनि महिला शसक्तिकरणको पक्षमा रहेको भन्दै महिला पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्न सदैव तयार रहेको बताए ।

त्यस्तै लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले लघुवित्त वित्तीय संस्था महिला मैत्री भएको भन्दै ग्रामीण अर्थतत्रन्को विकासमा लघुवित्तको विशेष भूमिका रहेको बताए । उनले लघुवित्त वित्तीय संस्थाबाट ४ खर्ब ३२ अर्ब बराबरको कर्जा प्रवाह गरेको तथ्य प्रस्तुत गर्दै अहिले उक्त रकम मिनाहा हुनुपर्ने माग उठेकोमा आश्चर्य समेत व्यक्त गरे ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका